प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेश निषेध

भक्तपुर न्यूज

२१ भदौ २०७३ ५:०२

Singaadurbar२१ भदौ, काठमाडौं ।  प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ।सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको  छ।

दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशका लागि सोही कार्यालयका कुनै न कुनै कर्मचारीको तोक नलगाई पस्न नपाउने व्यवस्था गरिएको छ।

प्रधानमन्त्रीको नयाँ नीति तथा योजनाबारे बुझ्न सोमबार सिंहदरवार पुगेका एक पत्रकारले प्रधानमन्त्री कार्यालयको गेटबाट भित्र प्रवेश नै नपाएको गुनासो गरे ।

यसअघि प्रधानमन्त्रीको कार्यालय प्रवेशमा सर्वसाधारणलाई भने भित्रबाट तोक लगाउनुपर्ने अवस्था रहँदै आएको थियो। तर प्रेसलाई त्यस्तो कुनै रोकतोक नभए पनि नयाँ सरकार आएसँगै प्रेसलाई समेत सहज प्रवेश रोकिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *