राजदूतमा यसकारण दोहोरिए उपाध्याय
काठमाडौं, १७ भदौ- सरकारले चीन र भारतबाट उच्चस्तरीय भ्रमणलाई मध्यनजर गर्दै बिहीबार छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालको नाम सिफारिस गरेको हो ।
किन दोहोरिए उपाध्याय ?
भारतका लागि निवर्तमान राजदूत दीपकुमार उपाध्यायलाई सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा फिर्ता बोलाइएको थियो । जसमा कांग्रेसले आपत्ति जनाएको थियो । सरकारले उनलाई पठाइएको पत्रमा भने कुनै अभियोग लगाइएको थिएन । माओवादी–कांग्रेस गठबन्धन सरकार गठन भएलगत्तै भारतमा उपाध्यायलाई दोहो-याउने सहमति भएको थियो । उपाध्यायले कार्यकालको एक वर्ष मात्रै काम गर्न पाएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५