काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि नेपाली चलचित्र ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ ।
अशोक शर्माद्वारा निर्देशन गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह ,अंकित शर्मा, रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
ए-ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार
Comments