काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । प्रकाशसँग लिखित सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले प्रकाशले निर्वाह गर्ने भूमिकाबारे भने खुलाएको छैन । जेठको दोस्रो साताबाट छायांकनमा जाने निर्माण पक्षको योजना रहेको छ ।
निर्माण पक्षले यस अघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । विसं २०८२ सालभित्रै चलचित्र प्रदर्शनमा ल्याउने निर्माण पक्षले घोषणा गरेको छ । सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको लेखक तथा निर्देशक सरोज पौडेल हुन् ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
प्रकाशित मितिः २०८१ बैशाख १४ शुक्रबार
Comments