काठमाडौं । नेपाली चलचित्र ‘मेला’को लोक फ्लेवरको गीतले एक करोड भ्युज पाएको छ । गतवर्ष प्रदर्शनमा आएको उक्त चलचित्रको ‘परिचय पाउँ’ गीत करोड क्लबमा सामेल भएको हो । यो समाचार तयार पार्दासम्म उक्त भिडियोले १ करोड ३३ हजार भ्युज बनाएको छ भने २७ हजार लाइक तथा १ हजार ६ सयभन्दा धेरै सकारात्मक कमेन्ट पाएको छ ।
नायक गजित विष्टको नृत्य रहेको यस गीतलाई युट्युबमा रिलिजको एक वर्षमा करोड भ्यूज मिलेको हो । गीतको भिडियोमा गजित मात्र नभएर नायिका पवित्रा आचार्य, सलोन बस्नेत र अशिष्मा नकर्मी पनि फिचरिङ छन् ।
उक्त गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ भने अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्द रहेको छ । चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । नायक आमेश भण्डारीको पनि अभिनय रहेको ‘मेला’ लाई मनोज के मरोडियाले निर्माण गरेका थिए ।
प्रकाशित मितिः २०७५ मंसिर १३ बिहिबार
Comments