काठमाडौ, २० बैशाख । नेपाल आइडोल उल्सन श्रेष्ठले गायनमा डेब्यू गरेका छन् । आफ्नै शब्द र संगीतमा उनले आफ्नो मौलिक गीत बजारमा ल्याएका छन् । हुरी आयो उडाइलग्यो सारा सपना बोलको गीतमा बनेको म्युजिक भिडियो अहिले युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । निकै कर्णप्रिय यस गीतको संगीत संयोजन हर्कुलक बस्नेतले गरेका छन् ।
लाखौँ युवाका ढुकढुकी उल्सन श्रेष्ठको यस गीतमा युट्युब क्वीन आँचल र इन्जामम अलीले जीवन्त अभिनय गरेका छन् । स्टार गायक उल्सन आफैँले पनि अभिनय गरेको यस भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । कुल ४ मिनेट ४३ सेकेन्ड लामो भिडियो मेकिङका लागि बियन्ड यर स्टायल प्रोडक्सनले कन्सेप्ट तयार पारेको थियो ।
युट्युब ट्रेन्डिङमा नेपाल आइडोल उल्सनको हुरी आयो
0
Share.
Comments