काठमाडौं, ८ फागुन । वैशाख १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र राधेको टिजर सार्वजनिक गरिएको छ । एक्शन स्टार निखिल उप्रेतीको खतरनाक तथा डर लाग्दो दृष्यहरु समाबेश गरिएको टिजरमा निखिललाई कमान्डोको अवतारमा देखिन सकिन्छ । मलाई माफ गर प्रियाको सार्वजनिक गीतले चलचित्रलाई चर्चामा राखी रहदा टिजरले चलचित्रलाई थप उचाई दिने देखिन्छ ।
जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन ।रहेको छ । चलचित्रमा निखिल सगै प्रियंका कार्की ,अशिष्मा नकर्मी , प्रमोद अग्रहरी,शिशिर भण्डारीको अभिनय रहने छ भने विशेष भूमिकामा सलोन बस्नेत पनि देखिनेछन् ।
चलचित्रमा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ।
चलचित्र राधेको टिजर सार्वजनिक
0
Share.
Comments