काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा जानीमानी निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले आज आफ्नो ४१ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसर पारेर निश्चलले नयाँ फिल्मको घोषणा गरेका छन् ।
शनिबार राती आफ्नो फेसबुकमा स्टेटस लेख्दै नयाँ फिल्मको जानकारी दिएका हुन् । उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना दिदै लेखेका छन् । ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना । यो बर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’
निश्चलका निर्देशनमा बनेका चलचित्र शर्वाधिक सफल हुदै आएका छन् । लूट, टलकजंग भर्सेस टुल्के , लुट–२, निश्चलका सफल निर्देशित चलचित्र हुन् भने कबड्डी, दुई रुपैँया, प्रशाद सफल अभिनित चलचित्र रहेका छन् ।
प्रकाशित मितिः २०७७ माघ ४ आइतबार
Comments