बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट आफ्नो ड्रेसिङ स्टाइलको कारण अत्यधिक चर्चामा रहने गर्छिन् । आलिया अहिले फेसन म्यागजिन भोगका लागि गरिएको आफ्नो अण्डरवाटर फोटोसुटका कारण निकै चर्चामा रहेकी छन् ।
आलियाले आफ्नो अण्डरवाटर फोटोसुटका फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन् । आलियाले आफूलाई जलपरीको संज्ञा दिँदै आफूसँग कुनै प्रकारको असन्तुष्ट जीवनको डर नभएको उल्लेख गर्दै फोटो सेयर गरेकी हुन् । आलियाले भोगिउ वुमन अफ दि इयर २०१९ को उपाधि पाएकी छन् ।
आलियाले सेयर गरेको उक्त फोटोलाई प्रशंसकले निकै रुचाइरहेका छन् । म्यागेजिनको कभर फोटोमा पानीभित्र आलियाले नियोन ग्रीनको बिकिनी स्टाइल ड्रेस लगाइरहेको देखिएकी छन् । प्रशंसकले उनलाई सुन्दर जलपरीको संज्ञा दिँदै, यो आलियाको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट लुक रहेको बताएका छन् ।
आलिया अहिले आफ्ना बुवा महेश भट्टको फिल्म ‘सडक टु’ को सुटिङमा ब्यस्त रहेकी छन् । यसबाहेक करण जोहरको ‘तख्त’ र ’ब्रम्हास्त्र’मा समेत उनको अभिनय रहेको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार
Comments