काठमाडौं । अभिनेता रणबीर कपूरका साथ भएको ब्रेकअपको विषयमा अभिनेत्री कट्रिना कैफले मुख खोलेकी छन् । केही समय पहिले नै यी दुईबीच बिछोड भए पनि हालसम्म कट्रिनाले यस विषयमा मुख खोलेकी थिइनन् ।
उनले यस विषयमा बोल्दै रणबीरसँगको ब्रेकअपले आफू दुःखी नभएको बताइन् । उनले एक अन्तवार्तामा भनेकी छन्, ‘रणबीरसँग ब्रेकअप हुनु मेरा लागि एक आशीर्वाद हो । किनकी ऊसँग ब्रेकअप भएपछि म आफ्ना बारेमा सोच्न थालेकी छु ।’
कट्रिनाले आफू र आफ्नो विचारधाराबारे आफूभित्र परिपक्वता आएको बताउँदै भनेकी छन्, ‘म एक–एक कुरामा आफू नै निर्णय लिने गरेकी छु । उनीसँग ब्रेकअप भएपछि म आफूलाई जान्दैछु । र, आफूलाई जान्नमा एकदमै मज्जा आउँदो रहेछ ।’
रणबीर अहिले उनको आउँदो फिल्म ‘ब्रह्मास्त्रम’को छायांकनमा छन् । जहाँ उनीसँग उनकी वर्तमान प्रेमीका आलिया भट्टको पनि अभिनय रहने छ । आलिया र रणबीरको सम्बन्ध एक उचाईमा पुगेको भारतीय मिडियाको ठहर छ भने अर्कोतिर कट्रिना र सलमानलाई फेरि पनि एक भएको आशंका गरिएको छ ।
कट्रिना सलमानसँग ‘भारत’ फिल्ममा व्यस्त छिन् । यसै विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले सलमान र कट्रिनाबीच फेरि ‘प्याचअप’ भएको आशंका गरेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर २० बिहिबार
Comments