काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मि शाह अभिनित ‘नक्कली नानी’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका नट्टु शाहको शव्द रचना तथा स्वरमा रहेको सो म्यूजिक भिडियोमा नायिका साम्राज्ञीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।
सो म्यूजिक भिडियोमा साम्राज्ञीलाई नट्टु र उनको टिमका साथ देखाइएको छ । भिडियोलाई मनिष अधिकारीले निर्देशन गरेका छन् । यसैगरी निर्देशनमा मनिषलाई जीवन स्वर र योदिन सम्बाहाम्फेले साथ दिएका छन् भने उत्सव प्रधानले निर्माण गरेका छन् ।
प्रकाशित मितिः २०७५ असोज १६ मंगलबार
Comments