भक्तपुरमा पहिलो पित्तथैलीको बृहत शिबिर हुने
भक्तपुर, ११ बैशाख । डाक्टर इवामुरा मेमोरियल अस्पताल भक्तपुरले एक महिने पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । आज भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा अस्पतालका मेनेजर रन्जीत मारिखुले बैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म हुने शिविर आयोजनाका लागि आबश्यक तयारी भैरहेको जानकारी दिनुभयो ।
उक्त शिविरमा डेढसय जनाको अप्रेशन गर्ने योजना रहेको पनि उहाँले बताउनु भयो । भक्तपुरमै पहिलो पटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गर्न लागिएको मेनेजर मारिखुले जानकारी दिनुभयो ।
अस्पतालले शिविर अवधीमा उपचारमा आएका विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशत छुट दिने भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१