अमेरिकाले खोल्यो कामदार भिसा, अनलाइन दर्ता पनि सुरु हुने
काठमाडौँ । अमेरिकाले आइतबारदेखि कामदार भिसा ‘एच–वानबी भिसा’ खुलाएको छ । ‘एच–वानबी भिसा’ आज (आइतबार ) मध्याह्न १२ बजेदेखि मार्च २० तारिख मध्याह्न १२ बजेसम्म खुलाएको हो ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) का अनुसार आव २०२१ का लागि खोलिएको उक्त भिसाका लागि विश्वभरबाट अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ ।
एच–वानबी भिसाको व्यवस्थाले अमेरिकी रोजगारदातालाई विशेष पेसामा काम गर्ने गैरअमेरिकी अस्थायी कामदारलाई भिसा प्रदान गर्छ । यो भिसाका लागि आवेदन दिन अनलाइन फर्म भर्नुपर्छ भने १० डलर शुल्क लाग्छ ।
कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउन यूएससीआईएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यूएससीआईएसले कन्फर्मेसन नम्बर उपलब्ध गराउँछ र सोही आधारमा छनोट हुनेको नामा मार्च अन्तिममा सार्वजनिक हुनेछ ।
अमेरिकाले यो वर्षदेखि एच–वानबी भिसा खोलेको हो । भिसाका लागि आवेदन दिन स्नातक उत्तीर्ण गरेको हुनुपर्छ । पहिलो वर्षका लागि ६५ हजारले अमेरिका प्रवेश पाउनेछन् ।
प्रकाशित मितिः २०७६ फागुन १८ आइतबार