युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
काठमाडौं । स्विडेन र जर्मनी युरो कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘सी’मा भएको खेलमा जर्मनीले डेनमार्कलाई २-१ ले तथा स्विडेनले पोल्यान्डलाई ३-० ले हराएको छ।
काठमाडौं । आठ पटकको विजेता जर्मनीको विरुद्धमा दुई पटक भिएआर निर्णय भएको थियो।
रोचक बनेको गएरातिको खेलमा क्लारा बाउलको गोल अमान्य घोषित भयो भने पेनाल्टी निर्णय पनि उल्ट्याइएको थियो।
खेलको २६ औँ मिनेटमा अनाली भाङगार्डको गोलमा डेनमार्कले अग्रता लिएको थियो। ५६ औँ मिनेटमा पाएको पेनाल्टी अवसरलाई उपयोग गर्दै नुस्केनले जर्मनीका लागि बराबरी गोल गरिन्। ६६ औ मिनेटमा स्कलिरले विजयी गोल गरेकी हुन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
