ब्रसेल्समा पर्यटन प्रबद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी भव्य रुपमा सम्पन्न
काठमाडौँ । युरोपको मुटु बेल्जियमको राजधानी ब्रसेल्समा पर्यटन प्रबद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी भव्य रुपमा सम्पन्न गरिएको छ । मंगलबार सम्पन्न उक्त उक्त प्रदर्शनीमा ६५ देशका आ–आफ्नो संस्कृति झल्कने तस्वीरसहित आकर्षक ब्यानरले सजाइएका स्टलहरू राखिएको थियो ।
‘भिजिट नेपाल–२०२०’लाई मध्यनजर गर्दै धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउनका लागि नेपालले पनि सहभागिता जनाएको थियो ।नेपालमा पर्यटक भित्र्याउनका लागि नेपाली दूतावास, एनआरएनए बेल्जियम र विभिन्न संघ–संस्थाहरूले सहकार्य गरेका छन् ।फेब्रुअरीको पहिलो साता ब्रसेल्समा भएको वार्षिक होली’डे फेयरमा राखिएका नेपाली स्टलहरु आगन्तुकहरूको लागि आकर्षणको केन्द्र बनेको थियो ।
नेपाली कला र संस्कृति झल्किने ब्यानर, प्लेकार्ड, पोष्टर र फ्लायरहरू लगाएत पर्यटन प्रबद्र्धनका सामग्रीहरू प्रदर्शन र वितरण गरिएको थियो । नेपाली लोक गीतमा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । जहाँ विदेशी नागरिकहरु पनि नेपाली कलाकारहरुको आकर्षक नृत्यमा झुमेका थिए । उक्त प्रदर्शनीमा बेनेलक्सका लागि मिनीसिटर काउन्सिलर सुधिर भट्टराईले नेपालमा विदेशी पर्यटक बढाउनको लागि जोड दिइएको बताए ।एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार