भक्तपुर क्षेत्र नं १ क निर्वाचनमय
भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसारको तिव्रतासँगै भक्तपुर क्षेत्र नं १ क निर्वाचनमय बनेको छ । आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै उम्मेद्वारहरु यति बेला घर दैलो कार्यक्रममा ब्यस्त रहेका छन् ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेस, नेकपा, नेमकिपा र साझा पार्टीका तर्फबाट उम्मेद्वार रहेकाहरुले यतीबेला घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
यस प्रदेशको उपनिर्वाचन क्षेत्रमा २१ जनाको उम्मेद्वारी परेता पनि दुई जनाको उम्मेद्वारको उम्मेदवारी खारेज भए पछि १९ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा छन् ।
घरदैलो कार्यक्रममा रहेका नेकपाका तर्फबाट उम्मेद्वार देवी प्रसाद ढकाल (डिपि)ले आफ्नो पार्टीको पुरानै प्रतिबद्धताहरुलाई पुरा गर्न लागि पर्ने बताएका छन् । बाँकी रहेका कामहरुलाई पुरा गर्ने, केही नयाँ काम गर्ने र भौतिक पूर्वाधारको बिकासमा आफूले भूमिका खेल्ने उनले बताए । जनताको आर्थिक बिकास र समृद्धिनै आफ्नो पार्टीको एजेन्डा रहेको उनले बताए ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका तर्फ बाट उम्मेद्वार रहेका निरज लवजुले दुई बर्षसम्म नेकपाले चलाएको सरकारले दुई तिहाईको सरकारको जस्तो काम गर्न नसकेको र प्रदेशको नामाकरण सम्म गर्न नसकेको बताए ।
वर्तमान सरकारले सन्तुलित बिकास गनृ नसकेको र बिकासका नाममा झुक्काउने काम मात्र गरेको उनले बताए । यो क्षेत्रका जनताको आवश्यकता के हो र कसरी सहज बनाउने भन्ने नै हाम्रो एजेन्डा रहेको उनले बताए । तीन प्रदेशको राजधानी उपत्यका भन्दा बाहिर नै हरेक दृष्टिकोणले उपयुक्त रहेको उनले बताए । तीनै तहका सरकारले यो निर्वाचन क्षेत्रमा हरेक गतिबिधिमा चुकेको छ यी र यस्तै बिषय हाम्रो निर्वाचनको एजेन्डा रहेको उनले बताए ।
त्यस्तै साझा पार्टीका तर्फबाट उम्मेद्वार रहेको सुरज प्रधानले हरेक परिवर्तनलाई आत्मासाथ गरि ब्यवहारमा लागू गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै हरेक नेपालीले शिक्षा स्वास्थ्य नै प्रमुख एजेन्डा रहेको बताए ।
उनले कला संस्कृति र सम्पादका साथै पर्यटन क्षेत्रका बिकास तर्फ परिवर्तनको भूमिका खेल्ने आफ्नो एजेन्डा रहेको बताए ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार रहेका कृष्णलाल भडेलको आमाको हिजो आइतबार बिहान निधन भएकाले उनी घरदैलो कार्यक्रममा उपस्थित हुन सकेका छैनन् । उम्मेदवार भडेललाई मातृशोक परेपछि उनका लागि भोट माग्न भक्तपुरका नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रम गरिरहेका छन् ।
मुख्य त यो उप निर्वाचन क्षेत्रमा नेकपा, नेपाली काँग्रेस र नेमकिपा बिच प्रतिप्रस्र्धा रहने देखिएको छ ।
यस क्षेत्रका प्रदेशसभाका प्रदेश सांसद हरिशरण लामिछानेको निधनपछि रिक्त रहेको यस क्षेत्रमा निर्वाचन हुन लागेको हो ।
यो प्रदेशमा चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्छ । यस क्षेत्रमा ४५ हजार १५ मतदाता रहेका छन् ।
प्रकाशित मितिः २०७६ मंसिर ३ मंगलबार