पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुले बुधबार शपथ ग्रहण गरेका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच निर्वाचन समिति संयोजक केदार खड्का, निर्वाचन समिती सदस्य रविन्द्र प्रधान र बालमुकुन्द सुवालले उनीहरुलाई पद तथा शपथ ग्रहण गराएका हुन । गत मङसिर २८ गते सम्पन्न भएको महासंघ भक्तपुरको निर्वाचनमा एक जना अध्यक्ष सहित १८ जना पदाधिकारी निर्वाचित भएका थिए ।
पत्रकार महासंघ भक्तपुरको नवनिर्वाचित अध्यक्ष सुन्दर शिल्पकारसहित १८ जना पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका छन्। साथै उपाध्यक्षमा निर्वाचित हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिव द्वयमा दिनेश कार्की, राजल छुँका (हरिसुन्दर), कोषाध्यक्षमा राम गोपाल तमखुले शपथ ग्रहण गर्दै बुधबारदेखि पदभार सम्हालेका छन्।
त्यस्तै महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा नारायण थापा,मणिराम लामिछाने, मनोज कुमार फुयाँल, पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने चमत्कार तथा आदिवासी जनजाती सदस्यमा भने १८ महिना निसा कुस्मा र अर्को १८ महिना रेणु त्वायनाबासुले शपथ ग्रहण गरेका छन् । त्यस्तै केन्द्रीय परिषद् सदस्यहरू पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी तथा प्रदेश परिषद् सदस्यहरु ध्रुवराम थापा, केदारप्रसाद गौतम, जितेनद्रराज शिल्पकार र राममणि बराल, रमेश दाहाल, रवि प्याकुरेल, रोशनराज अर्याल, लक्ष्मी गारु र सन्तोष खड्कालाई विजयी प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवं राससका अध्यक्ष धर्भेन्द्र झा, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, निर्वाचन समितिका संयोजक केदार खड्का, नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष जगत प्रजापती नव निर्वाचित अध्यक्ष सुन्दर शिल्पकार आदिले आफ्नो भनाइ राखेका थिए ।