सन् २०३४ को विश्वकप फुटबल साउदी अरबमा हुने तय
काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो । यसअघि अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी गर्दै आए पनि मङ्गलबार मात्र अस्ट्रेलिया विश्वकप आयोजनाको दाबीबाट पछि हटेको थियो ।
अब ४८ टोली सहभागी फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबिया पहिलो एसियाली राष्ट्र हुनेछ । सन् २०२६ को आगामी विश्वकप फुटबल क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो । यस्तै सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्त रुपमा आयोजना गर्नेछन् । एजेन्सी
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२८ माघ २०८१ १६:१०
भक्तपुर–काभ्रेपलाञ्चोक समितिको अध्यक्षमा खत्री र सचिवमा श्रेष्ठ
२८ माघ २०८१ १६:०७