नेपालगञ्ज नाका पूर्णरुपमा नखुले पनि केही खुकुलो

भक्तपुर न्यूज

२४ कार्तिक २०७६ ५:१७

नेपालगञ्ज नाका पूर्णरुपमा नखुले पनि केही खुकुलो

काठमाडौं । नेपालगञ्ज नाका पूर्णरुपमा नखुले पनि केही खुकुलो पारिएको छ । अयोध्याको जग्गा विवादको फैसलाको कारणले बन्द गरिएको उक्त नाका आज केही खुकुलो पारिएको हो ।

भारतीय सुरक्षाकर्मीले आज अत्यावश्यक कामका लागि र एम्बुलेन्सलाई प्रबेशमा भने रोक लगाएको छैन । यसरी उक्त नाका क्षेत्रमा लगाईको बन्देजका कारण कामका लागि भारत जान थालेका मानिसहरु नेपालगञ्ज नाकामा अलपत्र परेको अवस्थालाई मध्यनजर गर्दै आज प्रवेशमा सहजता देखाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यक काम नरोकिएको र ‘नाका सुचारु गर्ने विषयमा कुरा भइसकेको बताए ।

दसैँ र तिहार मनाएपछि मौसमी कामका लागि भारतका विभिन्न शहरमा जान थालेका पहाडी जिल्लाका नेपालीहरु नाका सील हुँदा नेपालगञ्जमा अलपत्र परेका थिए । अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन दिने र बाबरी मस्जिदलाई अर्को ठाउँमा जग्गा दिने भारतीय सर्वोच्च अदालतको फैसलापछि सुरक्षा चुनौतीहरु देखिन सक्ने आकलन गर्दै नेपालगञ्ज नाका सील गरिएको थियो । शनिबार बिहानैदेखि सील गरिएको नेपालगञ्ज नाका आज बिहानदेखि खुकुलो पारिएको छ ।

प्रकाशित मितिः २०७६ कार्तिक २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *