कम्युनिष्ट शासकले गर्दा देश अत्यन्त अप्ठेरो अवस्थामा पर्योः देउवा
भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट शासकले गर्दा देश अत्यन्त अप्ठेरो अवस्था परेको बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको शुभ दिपावली, नेपाल सम्वत ११४० र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले कम्युनिष्ट शासकले जनताको अधिकार खोस्न बिभिन्न विधेयकहरु ल्याएको भन्दै देश अप्ठेरो अवस्थामा आएको बताए ।
सरकारले विभिन्न बहानामा बाँझो रहेका जग्गा पनि षडयन्त्र गरेर खोस्न खोजेको बताउँदै उनले मंहगी, भ्रष्टाचार र कर बढाएर जनताको ढाड सेकाउने काम गरेर जनतालाई दुःख दिईरहेको बताए ।
उनले यो सरकारलाई जवाफ दिन कै लागि आगामी उपनिर्वाचनमा कुनै पनि हालतमा नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताए । नेपाली कांग्रेसलाई जिताउन सबै कार्यकर्ता एक जुट भएर लाग्न समेत सभापति देउवाले निर्देशन दिए ।
प्रकाशित मितिः २०७६ कार्तिक ११ सोमबार