१२ बर्ष पछि ९९ रोपनीमा आयो ट्रष्टको निरिक्षण
भक्तपुर । नेपाल ट्रस्टको नाममा रहेको जग्गाको अवलोकन अन्र्तगत आज भक्तपुरको ९९ रोपनी जग्गाको निरिक्षण गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल भक्तपुर आएका छन् । पोखरेल अध्यक्ष भएको तीन महिना नबित्दै ट्रष्टको मातहतमा रहेको जग्गा निरिक्षणका क्रममा आज भक्तपुराको सल्लाघारी स्थित ९९ रोपनी जग्गाको निरक्षण गरेका हुन।
उक्त जग्गा भक्तपुर नपा अन्र्तगत भित्र रहेको र नेपाल ट्रष्ट अन्र्तगत रहेकोले संरक्षण गर्ने जिम्मामा कसलै भूमिक निर्वाह नगरेपछि संरक्षणको भूमिका निवार्ह गर्दै जनताको सम्पक्ति संरक्षण गरको भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बताए ।
उनले भने केन्द्रिय सरकारको भूमिक गौंण रहँदा स्थानीय सरकाले हरेक स्थानमा रहेका सरकारका जग्गा होस् वा ट्रस्टो जग्गा संरक्षणको भूमिका हरेक स्थनीयक सरकारको रहेको उनले बताए । भक्तपुरमा रहेको ९९ रोपानी हाल नापीको मापन अनुसार १०८ मध्ये १०६ रोपनी जग्गा बाँकि रहेको र उक्त जग्गा जनताको। हितमा परिचालन गर्नु पर्ने मा जोड दिए ।
नेपाल ट्रष्टको नामा हाल सम्म देशमा २७ हजार रोपनी जग्गा रहेको र नेपाल ट्रस्टको नाममा रहेको जग्गाको अवलोकन अन्र्तगत आज भक्तपुरको ९९ रोपनी जग्गाको निरिक्षण गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल भक्तपुर आएका थिए ।
नेपाल ट्रस्टको अध्यक्ष भएको तीन महिनापछि उपप्रधानमन्त्री पोखरेलले देशभरका १६ जिल्लामा रहेको २७ हजार रोपनी जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत आज भक्तपुरको सल्लाघारीमा रहेको १०८ रोपनी जग्गाको निरीक्षण गर्दै स्थानीको भावना अनुसार काम गर्ने उनले बताए ।
निरीक्षणपछि भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नेपाल ट्रस्टको नाममा रहेको सम्पत्ति स्थानीय जनता र स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी उचित प्रयोग गरिने बताए । यसै क्रममा भक्तपुरको १०८ रोपनी जग्गा नेपाल ट्रस्टले दसैंपछि २४ घण्टा सुरक्षाकर्मी खटाएर निरीक्षण गरिने र उचित प्रयोग गर्न सरोकारवालाहरुसँग छलफल गरिने पोखरेलले बताउँदै सबैले नेपालको कानुन अनुसार सबैको काम र भूमिका रहेको बताए । सो ट्रस्टको जगगामा भक्तपुर नगरपालिकाले ट्रस्टसँग समन्वय गरी २०७५ साल पुस २० गते चारै तर्फ जग्गा संरक्षण गर्ने उद्देश्यले पर्खाल घेरेको थियो ।
अन्तक्र्रियामा सहभागीहरुले नगरपालिकाले नेपाल ट्रस्टको नाममा रहेको जग्गामा पर्खाल लगाउन नहुने र कर कानुनी रुपमै उठाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बेवारिसे अवस्थामा रहेको नेपाल ट्रस्टको जग्गा स्थानीय सरकारले संरक्षण मात्र गरेको तथा भोगचलन भने नगरेको बताए ।
उनले स्थानीय सरकारको ऐन अनुसार १०८ रोपनी जग्गामा हुने विभिन्न व्यापार व्यवसाय र गतिविधिको देैनिक ५ हजारदेखि ५० हजार रुपैयाँसम्म कर उठाउँदै आएको बताए ।कार्यक्रममा नेपाल ट्रस्टका सचिव गजेन्द्र कुमार ठाकुर, प्रतिनिधिसभाको सांसद महेश बस्नेत, प्रदेश ३ का सांसद शशिजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापालगायतले १०८ रोपनी जग्गाको उचित प्रयोग र व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार