निरन्तर अध्यक्ष बिजुक्छेंको पुन निरन्तरता

भक्तपुर न्यूज

७ असोज २०७६ ५:१९

निरन्तर अध्यक्ष बिजुक्छेंको पुन निरन्तरता

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छें रोहित पुनः अध्यक्ष चयन भएका छन् । पार्टी स्थापना कालदेखि अध्यक्ष रहेका बिजुक्छें यो महाधिवेशबाट पनि अध्यक्ष नै बनेका हुन् । सोमबार साँझ सम्पन्न बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले नारायणमान बिजुक्छें रोहित सहित अन्य तामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह सदस्यमा निर्वाचित भएका छन् भने कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका छन्

निर्वाचन प्रक्रिया सञ्चालनको निम्ति बन्दसत्रका प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष बिजुक्छेंले बन्दसत्रमा सपथग्रहण गरेका थिए भने अध्यक्ष रोहितले नवनिर्वाचित अन्य सदस्यहरूलाई सपथग्रहण गराएका थिए ।

प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *