मधेसी मोर्चाको गम्भीर बैठक बस्दै

भक्तपुर न्यूज

२५ कार्तिक २०७३ ४:५२

मधेसी मोर्चाको गम्भीर बैठक बस्दै

काठमाडौं, २५ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघिय गठबन्धनको बैठक आज बस्दै छ । बैठक संघिय समाजवादी फोरम नेपालको तिनकुने स्थित पार्टी कार्यालयमा बस्ने छ ।
आजको बैठकमा गठबन्धनले कात्तिक मसान्त भित्र आफूहरुको संविधान संशोधन, सिमाङकन लगायतका माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आौपचारिक निर्णय गर्ने छ । सरकारले आफूहरुको माग संबोधन हुने गरी संविधान संशोधन नगरेको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताएका छन् ।
बैठकमा भावी रणनितिका बारेमा पनि छलफल हुने छ । बैठकमा लामो समय सरकारले आफ्ना मागका विषयमा कुनै सुनुवाइ नगरेकाले आगामी संसद बैठक अबरुद्ध गर्ने वा अन्य विकल्प प्रयोग गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने मोर्चाले जनाएको छ ।
नयाँ सरकार गठनका बेला भएका तीन बँुदे सहमति अनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएको बन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *