तारा एयरले सगरमाथा क्षेत्रको फोरमैला व्यवस्थापन गर्ने
१८ असोज, काठमाडौं । निजि क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले सगरमाथा क्षेत्रको फोरमैला व्यवस्थापन गर्ने भएको छ। ताराले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा प्रदुषण नियन्त्रण समितिसँगको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने भएको तराले जानकरी दिएको छ। ताराले हिजोदेखि नै उक्त कार्य सुरु गरेको जानकारी दिएको छ।
समितिले वार्षिक रुपमा १२ टन फोहोर एक्त क्षेत्रबाट संकलन गरेर नष्ट गर्ने योजना बनाएको छ तर अहिले साढे दुई टनमात्र संकलन भएको बताइएको छ।
तारा एयरले सगरमाथा सगरमाथा प्रदुषण नियन्त्रण समितिसँग सहकार्य गरेर लुक्ला विमानस्थलबाट फोहोर ल्याएर उपयुक्त डिसफोजलको लागि काठमार्डौं महानगरपालिकालाई जिम्मा लगाइने तारा एयरले जानकारी दिएको छ।

यसअघि पनि ताराले उक्त समित, हिमालयण क्लबसँगको सहकार्यमा १७ टन खाली वियरका बोतल डिस्पोजलको लागि काठमाडौं ल्याएको थियो । उक्त फोहर व्यवस्थापनको लागि समति र तारा एयरबीच गत जुन १६ मा सम्झौता भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०