त्रिशुली नदीमा ट्रक खस्यो, दुईको मृत्यु
२१ भदौ, काठमाडौं । काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना ३ ख ९९०६ नम्बरको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक–७ चुमखोलामा दुर्घटनमा परेका छना् । राति करिब ३ बजेको समयमा ट्रक त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यु र २ जना घाइते भएका छन् । १ जनाको घटना स्थलमै मृत्यु भएको र अर्को एक जना उपचारको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ । मृतक तथा घाइतेको नाम खुल्न बाकी रहेको छ भने घाइतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर र मृतकलाई सि.एम.सी. भरतपुर लगिएको प्रहरीले जनाएको छ । घटना भए लगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल कुरिनटार उद्धारमा खटिएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१