गच्छदारको पार्टी फुटको संघारमा
१७ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का असन्तुष्ट पक्ष आइतबारसम्म नयाँ पार्टी गठनको तयारीमा लागेका छन् ।
त्यसका लागि असनतुष्ट पक्षका नेताले छलफललाई तीव्रता दिएका छन् ।संसदीय दलका बहुमत सदस्यको सहमति जुटाइसकेपछि उनीहरु नयाँ पार्टी निर्माण गर्न केन्द्रीय समितका प्रमुख नेताहरुसँगको छलफलमा लागेका छन् ।
पार्टीको विधाननिर्माण, नेताहरुको पोर्टफोलियो, निर्धारण तथा पार्टीको नामका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आइतबारसम्म नयाँ पार्टी गठनको तयारी छ । त्यसकोे तयारी गर्न गोप्य छलफलमा नेताहरु जुटेका छन् ।पार्टी अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका नेताहरुलाई वेवास्ता गरी सरकारमा नजाने निर्णय गरेपछि असन्तुष्टपक्षका सांसदले पार्टी फुटाएर भएपनि सरकारमा जानुपर्ने निष्कर्ष निकालेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७