काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार २२३ पुगेको छ । हालसम्म ९८ दशमलब ७ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपालमा गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्य भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६७ जना पुगेको छ। हाल ६३ जना क्वारेन्टाइनमा छन्। यस्तै, देशभर हाल ५५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये ४४ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments