काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टायता थप १० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सर्लाहीमा ७२ वर्षीया , बाँकेमा ७६ वर्षीया र काठमाडौंमा ५७ वर्षीया महिला रहेका छन्। त्यसै गरी मोरङमा ६८ वर्षीय, महोत्तरीमा ५८ वर्षीय, काठमाडौंमा ६०, ७० वर्षीय, चितवनमा ५५ वर्षीय, बाँकेमा ५३ र ३९ वर्षीयको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments