काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
लैनचौरस्थित सरकारी निवासमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शुक्रबार सभामुख सापकोटासहित कम्तिमा ३५ जनाको स्वाब संकलन भएको छ ।
संक्रमण पुष्टि भएका सभामुखको सरकारी निवासमा कार्यरत ती कर्मचारीमा विवरण खुलाइएको छैन।
प्रकाशित मितिः २०७७ साउन १७ शनिबार
Comments