काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा बिहीबार कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।
बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो।देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू छन्। यस्तै ८ हजार ६ सय ०५ जना आइसोलेसनमा रहेका छन्।
प्रकाशित मितिः २०७७ असार २५ बिहिबार
Comments