काठमाडौँ । काठमाडौंको सतंगलमा प्रहरीले अवैध रुपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क फेला पारेको छ । कोरोना भाइरस संक्रमण हुने त्राससँगै मास्कको कालोबजारी बढेको छ । आइतबारमात्रै प्रहरीले कपनबाट १ लाख ५० हजार थान मास्कसहित ७ जनालाई पक्राउ गरेको थियो ।
सतुंगलमा फेला पारेको मास्क प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरीको उपस्थितिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन । पछिल्लो समयमा बजारमा मास्कको ब्यापक कालोबजारी भइरहेको छ ।
प्रकाशित मितिः २०७६ चैत ०३ सोमबार
Comments