काठमाडौं । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर प्रतिक्रिया दिएकी छन् । लामिछानेको पुनरावेदन मुद्दा आज ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । यसैलाई लिएर गायिकाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी हुन् ।
उनले सन्दीप दोषी भए कानुन अनुसार सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन आग्रह गरेकी छन् । रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ ।
सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार
Comments