काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी धनीलाई सवारीसाधन खरिद गर्नुभन्दा पहिले ट्राफिक नियम उलंघन नगर्ने प्रतिवद्धता गर्नुपर्ने व्यवस्थाको तयारी थालेको छ।
महाशाखाले आफ्ना भावी योजनामा सवारीसाधन खरिद गर्नुपूर्व ट्राफिक नियम उलंघन नगर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउनेबारे छलफल अगाडि बढाएको महाशाखा प्रमुख भिम प्रसाद ढकालले जानकारी दिए।
‘यसबारे हामीले नाडा अटोमोवाइल एसोसियसन अफ नेपालका पदाधिकारीहरुसँग २ चरणमा छलफल गरिरहेका छौं। अब छिट्टै टुङ्गो लाग्छ,’ उनले भने ‘सवारी साधन खरिद गर्दा अन्य कागजपत्रको अतिरिक्त ट्राफिक नियमको कागजात भएमा कम्तीमा नियम पढ्छ र सही गर्छ। यसले चालकलाई ट्राफिक नियम पालना गर्न मनोबैज्ञानिक दवाब दिन्छ।’
यो योजनाले चालकलाई स्वअनुशासनमा बस्न प्रेरित गर्ने नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका सचिव अनुप बराल बताउँछन्।
‘यसले सबै चालक अनुशासित हुन्छन् भन्ने त छैन तर ट्राफिक नियम पढेर सही गरेपछि केही न केही मनोबैज्ञानिक दबाब त हुन्छ,’ बरालले भने।
प्रकाशित मितिः २०७६ माघ २६ आइतबार
Comments