काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार भक्तपुर सुर्यविनायक नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार कसूरको तीन थान मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको एउटै मिति २०७५ मंसिर २४ गतेको भएको फैसलाले ४ वर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उल्लेखित सजाय वेरुजु रही फरार रहेका तामाङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको प्रहरीले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
तामाङ्गले वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै पीडितहरुबाट रकम प्राप्त गरी भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए । तामाङ्गलाई भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।
प्रकाशित मितिः २०७६ माघ २६ आइतबार
Comments