काठमाडौंः युनेस्कोबाट प्रदान गरिने युवा वैज्ञानिकको पुरस्कारबाट उपप्राध्यापक अच्युत अधिकारी पुरस्कृत भएका छन् । युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरुलाई दिने पुरस्कारबाट उनी सम्मानित भएका हुन् ।
टिमुरबाट डाइभिटिज, ब्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो । पुरस्कारको राशी ५ हजार डलरको रहेको छ ।
प्रकाशित मितिः २०७६ पुस ४ शुक्रबार
Comments