लहान । हिजो साँझ लहानबाट अपहरणमा परेका डाक्टर सुवासकुमार यादव सर्लाहीको नवलपुरमा भेटिएका छन् । मोटरसाईल चढेर पश्चिम तर्फ जाँदै गरको अबस्थामा नवलपुरमा उनलाई प्रहरीले फेला पारेको हो । उनी अपहरणमा परेको समाचार प्राप्त हुनासाथ सक्रिय रुपमा खोजी र अनुसन्धान थालेको प्रहरीले अपहरणको शंकामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो । तर यादवले आफू अपहरणमा नपरेको बताएका छन् ।
श्रीमती र ससुरालीसँग झगडा परेपछि यादवले आफ्नो अपहरणको नाटक गरेको उनले प्रारम्भिक अनुसन्धानमा बताएका छन् । सप्तरी घर भई मकवानपुर सहकारी अस्पतालमा कार्यरत यादवलाई अज्ञात समूहले सेतो गाडीमा राखेर लगेका भन्दै उनीकी श्रीमती पूनमले प्रहरीलाई जानकारी दिएकी थिइन् ।
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments