काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको फेला पारेको छ ।
यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको एसपी रविन्द्र रेग्मीले बताए । छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख ०५ बुधबार
Comments