काठमाडौं । काठमाडौं प्रहरीले एक व्यक्तिलाई कपनबाट पेस्तोल सहित नियन्त्रणमा लिएको छ । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणका लागि अभियान चलाएको प्रहरी टोलीले सरस्वती नगरबाट २८ बर्षीय प्रशान्त लिम्बुलाई नियन्त्रणमा लिएको हो ।
शंकास्पद गतिविधि गरेको सुचनाको आधारमा ताप्लेजुङ फुङलिङ स्थायी ठेगाना भएका लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिम्बुको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर एक थान र मोबाइल बरामद गरिएको छ ।
प्रकाशित मितिः २०८० चैत्र १६ शुक्रबार
Comments