काठमाडौं । कमलसिंह ऐरीले नेपाल ‘ए’ लाई पहिलो सफलता दिलाएका छन्। ओपनिङ बलिङ गर्न आएका ऐरीले आफ्नो दोस्रो बलमै आयरल्यान्ड उल्भ्सका कप्तान निल रकलाई आरिफ शेखबाट २ रनमै क्याच आउट गराएका हुन्।
नेपाली टोलीमा लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्तीले मौका पाएका छन्। यस्तै,बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी र हेमन्त धामीले पनि खेल्दै छन्।
यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहिबार नै नयाँ तालिका सार्बजनिक गरेको थियो।
नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्यान्ड उल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी२० खेल खेल्ने छ। त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।
प्रकाशित मितिः २०८० चैत्र १६ शुक्रबार
Comments