काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ।
उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका थिए। पाँच जना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जना चाहिँ निक्लन सफल भएका थिए।
प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार
Comments