काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ । नक्कली बिल भरपाई बनाएर ४ लाख ६४ हजार १६१ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
तर विशेष अदालत काठमाडौंले दाबी नपुग्ने भन्दै प्रतिवादीलाई सफाइ दिएको थियो । विशेषको सोही फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रकाशित मितिः २०८० असोज १० बुधबार
Comments