लिभरपुलविरुद्ध चेल्सीको सहज जित
काठमाडौं । चेल्सीले प्रिमियर लिग विजेता लिभरपुललाई ३–१ ले हराउँदै युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना कायम राखेको छ । स्ट्यामफोर्ड ब्रिजमा एन्जो फर्नान्डेजले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाए ।
दोस्रो हाफमा जारेल क्वान्साहले आत्मघाती गोल गरे । लिभरपुलका कप्तान भान डाइकले एक गोल फर्काए पनि कोल पाल्मरले इन्ज्युरी समयमा पेनाल्टीमार्फत जित सुनिश्चित गरे । चेल्सी ६३ अंकसहित पाँचौं स्थानमा यथावत् छ । छैटौँ स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले अघि रहेको चेल्सीले चौथो स्थानको न्युक्यासलसँग अर्को साता प्रतिस्पर्धा गर्नेछ ।
अन्य खेलमा म्यानचेस्टर युनाइटेड ४–३ ले बेन्टफोर्डसँग पराजित भयो । ब्राइटन–न्युक्यासल र वेस्टह्याम–टोटेनहमबीचको खेल १–१ को बराबरीमा सकियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२