समाचार लिंक फेसबुकमा शेयर गर्ने कर्मचारीको जागिर चट्
जनकपुर । असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचार लिंक फेसबुकमा शेयर गर्ने कर्मचारीको जागिर गएको छ । जिल्ला अदालत धनुषा करारमा खरिदार डिठ्ठामा कार्यरत्त गुञ्जा रायलाई संविधानको मर्म विपरित कार्य गरेको भन्दै कामबाट निकालिएको हो।
रायले आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचारको लिंक फेसबुकमा शेयर गरेकै आधारमा आफूलाई जागिरबाट निकालिएको बताएकी हुन् । उनले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको र आफूलाई अवकाश पत्र थमाइएकोले संविधान दिवसमा कालो दिवसकै पोष्ट शेयर गरेकै कारणले निकालिएको बताएकी छन् ।
उनले भनिन् मैले फेसबुकमा कालो दिवसको अर्काको पोष्ट शेयर गरेको छु भने मलाई स्पष्टीकरण त अदालतले सोध्नु पथ्र्यो, तर त्यो कुरासमेत नसोधि मलाई एकाएक निस्काशन गर्नु कतिको उचित हो रु म माथि अन्याय भएकै हो ।’
वि सं २०७३ पुस १७ गतेदेखि उनी जिल्ला अदालत धनुषाको डिठ्ठा पदमा करारमा कार्यरत थिइन् ।
काशित मितिः २०७५ असोज ७ आइतबार