भक्तपुर । सामुदायिक विद्यालय स्तरीय गायन प्रतियोगिता भक्तपुरमा सम्मपन्न भएको छ ।
प्रतियोगितामा सरस्वती विद्यागृह मा.विका छात्र निकेश तामाङ विजेता तथा स्वहि विद्यालयका लंकबहादुर हमाल उपविजेता भए ।
भक्तपुर नगरपालिका वडा नं ९ तथा वागीश्वरी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख अतिथिमा भएको गायन प्रतियोगितामा वडा नं ९मा रहेको सामुदायिक विद्यालयहरु सरस्वती विद्यागुह मा.वि., दत्तात्रय आ.वि. र वागीश्वरी मा.वि.का विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगिताका प्रमुख अतिथि ज्याख्वले सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गुणस्तर वृद्धि गर्नका लागि यस्ता व्यक्तित्व विकासका प्रतियोगिता आगामी दिनहरुमा पनि निरन्तर भैरहनुपर्ने कुरामा जोड दिए ।
एघार वटा गायन रहेको उक्त प्रतियोगितामा तीनैवटा विद्यालयका तीन जना निर्णायकहरु निर्णायकमण्डलमा रहेको थिए । विषेश गरी चार विषयवस्तुः स्वर तथा सुर, शब्द उचाहरण, संगितमा ताल र गीतको चयनमा आधारित भएर निर्णय लिएका थिए ।
प्रतियोगिताका विजेताले आनिछोइङ डोल्माको फूलको आँखामा फूलै संसार वोलको गीत गाएका थिए भने उपविजेतादे माछी मार्न जाउँ न दाजै वोलको गीत गाएका थिए ।
प्रतियोगीतामा वागीश्वरी मा.विका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, बालगोपाल श्रेष्ठ, रामसुन्दर लवजु, नविन्द्रलाल कर्माचार्य, गनुराज राई, पदमराज दियालीले आफ्नो भनाइ राखेका थिए । ।
वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा–२०८० कमलविनायक स्थित वागीश्वरी कलेजको सभा हलमा कार्यक्रम सम्पन्न गरियो ।
Comments