भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यबिनायक नगर कमिटिले सूर्यबिनायक नगरपालिकामा आज ज्ञापन पत्र बुझाएको छ ।
नगरका बिभिन्न गतिबिधिमा रास्वपालाई समेत समाबेश गर्न अनुरोध गर्दै सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई नगरकमिटि सभापति मनोज केसीको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
सूर्यबिनायक नगरपालिकका प्रमखु,उपप्रमुख तथा कार्यकारी प्रमुख उपस्थिति रहेको कार्यक्रममा ज्ञापन पत्र बुझाएको केसीले जानकारी दिए । उनले भने, ज्ञापन पत्र बुझाउने समयमा परिचयात्मका कार्यक्रम समेत गरिएको र आगामी दिनमा नगरपालिकामा गरिने बिभिन्न छलफल र बहसका कार्यक्रममा आमन्त्रण गरिने प्रमुख बासुदेव थापाले आश्वासन दिनु भयो ।
Comments