काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ ।
नेपालले नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको छ ।नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन् ।
युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छ । नेपाल भन्दा अघि वरियतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै छ ।
अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ । इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन् । टि२० आई विश्व वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।
खेलाडीतर्फ ओडिआई वरियतामा नेपालका कप्तान रोहित पौडेल ब्याटिङतर्फ एक स्थान खस्किदै ५९ औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेख एक स्थान सुधार गर्दै ६५ औं स्थानमा छन् । पाकिस्तानका बाबर आजम शीर्ष स्थानममा छन् ।
त्यस्तै बलिङतर्फ भने सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन् । सन्दीप भन्दा पछि भारतका कुलदीप यादव २५ औं, जस्प्रित बुमराह २७ औं दक्षिण अफ्रिकाका लुंगी एनगिडी २६ औं स्थानमा छन् ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा ३२ औं, इंग्ल्यान्डका मार्क वुड ३४ औं, पाकिस्तानका सादब खान ३६ औं र भारतीय लेगस्पिनर युजभेन्द्र चहल ४३ औं स्थानमा छ ।ओडिआई वरियतामा दीपेन्द्र ५३ औं स्थानमा यथावत छन् । सोमपाल कामीले एक स्थान सुधार गर्दै ६८ औं स्थानमा उक्लिएका छन् । करण केसी ९६ औं स्थानमा यथावत छन् ।
प्रकाशित मितिः २०७९ चैत्र २२ बुधबार
Comments