काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध छैटौं सफलता हात पारेको छ ।त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १७ औं ओभरमा आफ्नो छैटौं विकेट गुमाएको हो ।
नेपालका ललित राजवंसीले छैटौं विकेट लिएका हुन् । उनले १७ औं ओभरको पहिलो बलमा सेट ब्याट्सम्यान आयान खानलाई २९ रनमा क्याच आउट गराए । यसअघि सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका थिए।
प्रकाशित मितिः २०७९ फागुन २८ आइतबार
Comments