काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई १० विकेटले हराउँदै स्कटल्याण्ड विजेता बनेको छ । यससँगै स्कटल्याण्ड ४८ अंकसहित लिग टुको विजेता बनेको हो ।
बुधबार स्कटल्याण्डसँग पराजित नामिबिया भने ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ । ७ देश सहभागी भएको यस श्रृंखलामा नेपाल छैटौं स्थानमा छ । यस्तै ४४ अंकसहित ओमान दोस्रो स्थानमा छ ।
बुधबारको खेलमा नामिबियाले दिएको १५४ रनको लक्ष्य स्कटल्यान्डले बिनाविकेट सहजै पार गरेको थियो । यसका लागि स्कटल्याण्डका जर्ज मुन्सेले ठ छक्का र १२ चौकासहित शतक प्रहार गरेका थिए ।
यस्तै ओपनर काइल कोजरले ४६ रन जोडेका थिए । यसरी मुन्से र कोजरले १४५ रनको अविजित साझेदारीसहित स्कटल्याण्डलाई विजेता बनाएका थिए ।
टस जितेर फिल्डिङ रोजेको स्कटल्याण्डले ३९.२ ओभरमा नामिबियालाई १५३ रन दिँदै अलआउट गरेको थियो । यस्तै नामिबियाका लागि ओपनर ब्याटर हान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाएका थिए ।
प्रकाशित मितिः २०७९ फागुन ०३ बुधबार
Comments