काठमाडौं । नामिबियामा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाल र नामिबियाबीच अहिले खेल भइरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुस्त सुरुवात गरेको छ । १० ओभरमा ३१ रन बनाउँदा नेपालले अर्जुन साउदका रुपमा पहिलो विकेट गुमाएको छ । साउद ४२ बलमा १८ रन बनाएर आउट भए
आसिफ शेख २० बलमा १३ रन बनाएर खेलिरहेका छन् । ज्ञानेन्द्र मल्ल तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका छन् । स्कटल्यान्डसमेत सहभागी यो त्रिकोणीय सिरिज नेपालका लागि महत्वपूर्ण छ । लिगको अंक तालिका नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७९ मंसिर १६ शुक्रबार
Comments