काठमाडौं । नामिबियामा जारी क्रिकेट विश्वकप लिग २ मा नेपालले शुक्रबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । रोहित पौडेल कप्तान भएपछि लिग २ मा नेपाल पहिलोपटक खेल्दैछ । २०२३ को विश्वकपमा छनोटका लागि महत्वपूर्ण मानिएको यो सिरिजमा नेपाललाई जित्नैपर्ने दबाब छ ।
नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म ५ ओभरमा विना क्षति १४ रन बनाएको छ ।
नेपालका लागि अर्जुन साउद र आसिफ शेखले ओपनिङ गरेका छन् । फास्ट बलरमा सोमपाल कामी र गुल्सन झाले मौका पाउँदा करण केसी भने प्लेइङ ११ मा परेनन् । नेपाल दुई स्पीनरका साथ मैदानमा उत्रेको छ । सागर ढकाल र ललित राजवंशीले स्पीन आक्रमण सम्हाल्ने छन् ।
प्रकाशित मितिः २०७९ मंसिर १६ शुक्रबार
Comments